बेनी नगरपालिकालाई अध्यक्ष कप बास्केटबलको उपाधि
महिलातर्फ ग्राण्डे स्पोर्टस काठमार्डौलाई उपाधि
पाेखरा | मंसिर २९, २०८१
महिलातर्फ गाण्ड स्पोर्टस काठमार्डौलाई उपाधि
पोखरा: पोखरामा सम्पन्न भएको प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बेनी नगरपालिकाले जितेको छ ।
पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आज (शनिबार) सम्पन्न भएको पुरुषतर्फको फाइनल खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई ६७–५५ अङ्कले पराजित गर्दै उपाधि चुमेको हो ।
पहिलो र दोस्रो क्वाटरमा पछि परेको बेनी नगरपालिकाले उत्कृष्ट पूनरागमन गर्दै उपाधि जितेको हो । पहिलो क्वाटरमा १४–२१, दोस्रो क्वाटरमा २६–३७ तेस्रो क्वाटरमा ४५–४९ ले पछि परेको बेनीले चौथो क्वाटरमा ४९–४९ को बराबरी ग¥यो ।
पहिलो क्वाटरमा ७, दोसो क्वाटरमा ११ र तेस्रो क्वाटरमा ४ अङ्कले पछि परेको बेनीले चौथो क्वाटरमा उत्कृष्ट पूनरामगन गर्दै ६७–५५ ले खेल जितेको हो ।
गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको पुरुष तर्फको विजेता बेनी नगरपालिकाले नगद १ लाख १५ हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
यस्तै प्रतियोगितामा उपविजेता भएको पर्वतको जलजला गाउँपालिले नगद ७० हजारसहित शिल्ड, मेडल र प्रमापत्र प्राप्त ग¥यो । प्रतियोगितामा तेस्रो भएको पोखरा महानगरपालिकाले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर बेनीका ओमकार रकाल, बेस्ट अफेन्सीप प्लेयर जलजलाका उत्तम पुन र एमभिपी प्लेयर बेनीका दिप्पस केसी भए । उनीहले जनही १५–१५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा पर्वतका मोदी गाउँपालिका अनुशासित टिम घोषित हुँदै नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।
यस्तै महिलातर्फ भएको ३*३ को उपाधि भने काठमाडौंको गाण्ड स्र्पोटस टिमले जितेको छ । आयोजक अन्नपूर्ण गाउँपालिका बास्केटबल संघलाई १४–८ अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।
यस्तै महिलातर्फको विजेता ग्राण्डले ३० र उपविजेता अन्नपूर्णले १५ हजार रुपैयाँसहित शिल्ड,मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर अन्नपूर्णका कुशुम गुरुङ र एमभिपी प्लेयर छिरिङ चोक्का शेर्पा र एमभिपी प्लेयर ग्राण्ड रिङजिन मोक्तान भए उनीहरुले जनही १५÷१५ सय पुरस्कार प्राप्त गरे ।
कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंगशाामा मंसिर २५ देखी २९ गतेसम्म प्रथम अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

